पछिल्लो २४ घण्टामा नेपालमा १ सय २७ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको छ ।
२४ घण्टामा ४ हजार जनाको पीसीआर परीक्षण गर्दा १ सय २७ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ११हजार ६४९ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ३६ जना उपचारपछि घर फर्केका छन् भने नेपालमा कुल निको हुनेको संख्या २ लाख ६८ हजार ७ सय ९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर हाल ७६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । ६२ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ७०७ जना सक्रिय संक्रमित छ ।
गत २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ र मृतकको संख्या २ हजार ५४ पुगेको छ ।
प्रतिक्रिया