गण्डकी प्रदेश टाइगर कपको फाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै पोखरामा जारी टाइगर कपको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराउदै गण्डकी पुरुषतर्फ फाइनलमा प्रवेश गरेको हो ।

गण्डकीले जित्ने क्रममा पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । रोमाञ्चक बनेको दोस्रो सेट गण्डकीले २९–२७ निकाल्न सफल भयो । तेस्रो सेटमा २५–१४ को सहज जित निकाल्दै गण्डकी प्रदेश फाइनलमा पुग्न सफल भएको हो ।
अब गण्डकीले उपाधिका लागि शनिबार दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ ।