पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज थपिएको नयाँ संक्रमितसंगै हालसम्म संक्रमितहुनेको कुल संख्या दुई लाख ७२ हजार ४ सय ३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालले जनाएको छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ सय ११ जना निको भएर घर फर्किएका छन्। योसहित कोरोनाबाट निको भएर घर फर्कनेको कुल संख्या दुई लाख ६८ हजार ६ सय ६० पुगेको छ।
कोरोनाबाट थप पाँचको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार ५२ पुगेको छ ।
प्रतिक्रिया