काठमाडौं : नेपाली सेनाले राष्ट्र संघीय शान्ति मिसन अन्तर्गत मालीमा कार्यरत सबै नेपाली सुरक्षित रहेको जनाएको छ। सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले आज बिहान एक ट्विटमार्फत यो कुरा सार्वजनिक गर्नु भएको हो । मङलबार मालीस्थित राष्ट्र संघीय शान्ती मिसनको कार्यालयमा अज्ञात समूहले बमसहित आक्रमण गर्दा चार शान्ती सैनिकको ज्यान जानुका साथै २० जना कर्मचारी घाइते भएका थिए ।
प्रतिक्रिया