“तपाईहरुको खुट्टी पनि जनताले देख्नेछन्”

अदालत र निर्वाचन आयोगलाई प्रचण्डको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा अध्यक्ष पुष्पकमल दाहालले सर्वाेच्च अदालत र निर्वाचन आयोगलाई चेतावनी दिनुभएको छ ।

आज भएको विरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले अदालत र आयोगले जनताको भावनाको कदर गर्दै निर्णय गर्नु पर्ने बताउनु भएको हो । अन्यथा निर्वाचन आयोग र अदालतको खुट्टी जनताले देख्ने बताउनुभएको छ । अदालत र आयोगलाई इंगित गर्दै प्रचण्डले भन्नुभयो,” तपाईहरुको खुट्टी पनि जनताले देख्नेछन्” । साथै जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न अर्को आमसभा गर्ने पनि घोषणा गर्नुभयो।

 

‘अझै पनि लाखौं जनताको उपस्थिति र यो विरोध, आक्रोश, आवेक, पीडालाई बुझ्नुभएन भने म तपाईंलाई चुनौती दिन्छु सिंहदरबार घेर्न र बालुवाटार घेर्न आउनेछ,’ ओलीलाई दाहालले भन्नुभयो ।, ‘प्रतिगमन, निरंकुशता लोकतन्त्रको हत्या गर्ने तपाईंको चरित्र जनताले बुझिसकेको छ । त्यसकारण जरुरी पर्‍यो भने १० लाख लिएर सिंहदरबार बालुवाटार र सिंहदरबार घेर्ने ठूलो आमसभा हुनेछ ।