ओली बिमाले भएको नेपालको दाबी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओली ‘बिमाले’ भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले भन्नुभएको छ ।

 

ओली कहिल्यै पनि एमाले वा माले हुन नसकेको भन्दै उहाले यहाँ छिरेर भाँडभैलो मात्र मच्चाएको बताउनु भएको हो ।

 

“कसैले नारा दिएर झुक्याउने प्रयास गर्ला एमाले एमाले मिलौँ भनेर,” नेकपाद्वारा बुधबार काठमाडौंमा आयोजित विरोधसभामा उहाले भन्नुभयो, “केपी ओली एमाले रहेनन् । ओली बिमाले भइसकेका छन् । भ्रममा नपर्नुहोला ।”

 

उहाले ओली पहिले पनि एमाले, मालेको आचरणमा नबसेको भन्दै उनले भाँडभैलो मच्चाएर नेकपाबाट बाहिरिएको बताउनुभयो । “नेकपामा भाँडभैलो मच्चाएर केपी ओली बाहिरिनुभएको छ । अहिले पनि अध्यक्ष मै हुँ भन्दै हुनुहुन्छ,” नेपालले भन्नुभयो , “त्यसैले मैले उहाँलाई अध्यक्ष नै बन्ने भए तपाईंसँग अब नेकपा छैन, ओली फान्डेसनको अध्यक्ष बन्नुस्” भनेर भनेको उहाँले सम्बोधनमा बताउनुभयो ।