नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले संयुक्त आन्दोलनका लागि आह्वान गर्नुभएको छ ।
नेकपाले बुधबार काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्ध गरेको सभामा खनालले संयुक्त आन्दोलनका लागि आह्वान गर्नु भएको हो ।
“यो नेकपाको मात्र ओन्दोलन होइन, यो जनताको आन्दोलन हो,” वरिष्ठ नेता खनालले भन्नुभयो, “आउनुहोस्, जनअधिकार खोस्ने केपी ओली सरकारकाविरुद्ध संयुक्त संघर्ष गरौँ ।”
उहाले सबैले ओलीका कदमविरुद्ध आन्दोलन नै गरिरहेको भन्दै अब संयुक्त आन्दोलनबाट प्रतिगमनलाई परास्त पार्न समेत प्रस्ताव गर्नुभयो ।
 
                                     
		    		
प्रतिक्रिया