प्रधानमन्त्री केपी शर्मा ओली फासीवाद तर्फ उन्मुख भएको नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आरोप लगाउनु भएको छ ।
काठमाडाैंमा आयोजित विरोधसभामा बोल्दै उहाँले ‘केपी ओलीले फासीवादलाई बढावा दिँदैछन्। केपी ओली फासिस्ट हुन्।’ भन्ने आरोप लगाउनु भएको हो ।
साथै, प्रधानमन्त्री ओलीलाई अब पदमा बस्न एक मिनेट पनि अधिकार नभएको उहाँले जनाउनुभयो । एक मिनेट पनि प्रधानमन्त्रीलाई पदमा बस्ने वैधानिक अधिकार छैन।’ उहाँले भन्नुभएको हो चुनाव घोषणा गरेर ओलीले आफूलाई प्रजातन्त्रिक देखाउन खोजेको प्रवक्ता श्रेष्ठको टिप्पणी थियो।
प्रतिक्रिया