ओली कागजी बादशाहःरामकुमारी झाँक्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँकीले प्रधानमन्त्री केपी शर्मा ओली कागजी बादशाह भएको बताउँनु भएको छ ।

नेकपा दाहाल(नेपाल समूहले गरेको विरोध प्रदर्शनमा बोल्दै झाँकीले अब कागजी बादशाह ढल्न मात्रै बाँकी रहेको बतायउनु भएको हो । झाक्रीले सार्वभौमसत्तासम्पन्न नागरिकको बोल्न पाउने अधिकारलाई कसैले पनि रोक्न नसक्ने बतायउनु भएको छ ।

राष्ट्रपति संस्था बलिदानीबाट प्राप्त भएको भन्दै झाँक्रीले निरंकुशताको पात्रको विरुद्धको बोल्न पाइने बताइन् । ‘सार्वजनिक पदमा बसेका व्यक्तिको गलत कामबारे बोल्न पाउनुपर्छ ।’ उहाँले भन्नुभयो । सोही क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीका हरेक कदमलाई समर्थन गरेको आरोप लगाउनु भयो ।