नेकपाका प्रचण्ड नेपाल समूहको विरोध प्रदर्शनका कारण रत्नपार्क जाने सबै रुटका सवारीसाधनहरू बन्द गरिएको छ । योसँगै काठमाडौंका सडकमा ट्राफिक व्यवस्थापनामा समस्या आएको छ ।
ट्राफिक प्रहरी महाशाखाले जनाए अनुसार रत्नपार्क जाने कालो नम्बर प्लेटका भाडाका गाडीहरुलाई रिङरोडबाट नै छिर्न दिएको छैन । रत्नपार्क छिर्ने नाका सोह्रखुट्ट,जयनेपाल, त्रिपुरेश्वरका स्थान बन्द गरिएको छ । साथै कलंकी देखि नयाँ बसपार्क, चाबहिल देखि नयाँ बसपार्कमा चल्ने रुट भने चलिनै रहेको छ ।
थापाथली, टेकु, त्रिपुरेश्वर, कालीमाटी, पुतलिसडक, पद्मोदय, कृष्णपाउरोटी, डिल्लीबजार, सोह्रखुट्टे, लैनचौरलगायतका स्थानबाट जुलुस ¥याली निस्कने हुँदा ट्राफिक व्यवस्थापनामा समस्या आएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले घामछायाँलाई बताउनु भयो ।
राष्ट्रिय सभागृह अगाडी मञ्च निर्माण गरेको हुदाँ सबैतिरबाट जुलुस ¥याली निस्कन थालेकोले जाम बढेको हो । प्रवक्ता अधिकारीका अनुुसार रिङरोड भित्रका यात्रुहरुले पैदल र बाहिरका यात्रुलाई रिङरोडभन्दा बाहिरको वैकल्पिक मार्गको प्रयोग गरिएको प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिनुुभयो ।
प्रचण्ड नेपाल समूहले आज राजधानीमा १२ बजेदेखि विरोध प्रदर्शन गर्दैछन् । यसअघि पनि माघ नौ गते काठमाडौंमा प्रदर्शन र माघ २२ मा आमहड्ताल गरेका थिए । त्यस्तै माघ २३ गते प्रधानमन्त्री एवम् नेकपाका पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले बृहद् आमसभाको आयोजना गरेको थियो ।
गत पुस ५ गते प्रतिनिधिसभाको विघटन र वैशाख १७ र २७ गते चुनावको घोषणापछि नेकपा दुई समूहमा विभाजित भएको छ । सरकार नेतृत्वको पार्टीले यसरी निरन्तर रुपमा शक्ति प्रदर्शन गरिरहदा नागरिक भने सधै मारमा पर्ने गरेको छ ।
प्रतिक्रिया