छ महिनामा डिपिआर सक्न निर्देशन

दुवाकोटमा अर्थमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

K वीर अस्पताल निर्माणका लागि छ महिना भित्रमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अर्थमन्त्री पौडेलले सम्बंिन्धत निकायलाई आदेश दिनुभएको छ ।
स्थलगत अवलोकन तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आगामी ६ महिनाभित्र बिजुली पानी तथा अत्यावश्यक सेवा उपलब्ध गराउन सडक डिभिजन, विद्युत् प्राधिकरण,खानेपानी तथा अन्य निकायका सचिवलाई निर्देशन दिएको हो । साथै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) तथा वीरका पधाधिकारीलाई ६ महिनाभित्र प्रगति प्रतिवेदन पेश भन्नुभएको हो ।
कार्यक्रममा मन्त्री पौडेलले वीर अस्पतालको विस्तारित सेवाका लागि बन्ने संरचनाका लागि बजेटको अभाव नहुने भन्नु भएको छ । “यो बजेट अभाव नहुने आयोजना मध्येको एक आयोजना हो उहाँले” भन्नुभयो । साथै अस्पतालसम्म पुग्ने बाटो केन्द्र सरकारले नै निर्माण गर्ने जानकारी पनि दिनुभयोे ।
कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी पनि सहभागी भएका थिए । त्यस्तै न्याम्सका उपकुलपति प्रा.डा.डिएन शाह, रेक्टर प्रा.डा.सुबोध अधिकारी, निर्देशक डा.केदार सेञ्चुरी र विद्युत् प्राधिकरणका निर्देशम हितेन्द्रदेव शाक्य उपस्थित हुुनुहुन्थ्यो ।
तत्काली सरकारले कुल ५० अर्बको लगानीमा सो क्षेत्रको ५७० रोपनी जग्गामा अस्पताल बनाउने घोषणा गरेको थियो । कम्तीमा पनि एक हजार ५ सय शैयाको आधुनिक अस्पताल बनाउने सरकारले लक्ष्य राखेको छ । तर, चिनियाँ प्राविधिकले अस्पताल बनाउने भनिएको ठाँउको माटो अनुपयुक्त भएको निष्कर्ष निकालेका थियो ।