पछिल्लो २४ मा नेपालमा थप १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएको नयाँ संक्रमितसँगै हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ सय ६५ जना निको भएर घर फर्किएका छन् । योसहित निको भएर घर फर्कनेको संख्या दुई लाख ६८ हजार ४ सय ३१ पुगेको छ ।
कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार ४७ पुगेको छ ।
प्रतिक्रिया