सुनकाे जलाहारी हाल्न तयारी

अहिलेसम्म चाँदीकाे छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पशुपति क्षेत्र विकास कोषले १० दिन अघिदेखि पशुपतिनाथ मन्दिरमा एक सय ४१ किलो सुनको जलहरी राख्नका लागि आवश्यक तयारी सुरु गरेको छ ।

गत माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको दर्शन गर्दै सुनको जलहरी राख्न सरकारले ३० करोड रुपैयाँ दिने प्रतिवद्धता जनाउनुभएको थियो। प्रधानमन्त्रीको प्रतिवद्धतासँगै पशुपति क्षेत्र विकास कोषले जलहरी राख्ने प्रक्रिया अगाडि बढाएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीपकुमार ढकालले १० दिन अघिदेखि काम सुरु भएको घामछायाँलाई जानकारी दिनुभएको हो । एक सय आठ किलोको सुनको जलहरी र ३३ किलो सुनको छाना र वात्साहा (साढे) गरेर एक सय ४१ किलो सुनको जलहरी बनाउन लागेको उहाले बताउनु भयो । अहिले नमुनाको रुपमा तामाको बनाउँदै गरेको र पछि नमुना ठीक भएमा सुनको बनाउन थालिने सदस्य सचिव ढकालको भनाई छ ।

मन्दिरमा हालिने एक सय ४१ किलो सुन नेपाल राष्ट्र बैंकसँग खरिद गर्न लागेको हो । टेण्डर गर्दा लामो समय खर्च हुने भएकोले सरकारी निकायसंग खरिद गरिएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताउनुभयाे । उक्त सुनको जलहरी संरक्षणमा नेपाली सेना खटिने पनि उहाँले बताउनु भयो । निर्माण गर्न लाग्ने सम्पूर्ण ज्याला दाताको माध्यमबाट उपलब्ध हुने पनि उहाले बताउनुभयाे । अहिले उक्त जलहारी राख्ने स्थान खाली गरिसकेको छ ।

आउँदो शिवरात्रीसम्ममा जलाहरी राख्ने काम सम्पन्न गर्ने विकास क्षेत्र कोषले लक्ष्य लिएको छ । यदि शिवरात्रीमा नभ्याएको खण्डमा अक्षयतृतीयासम्ममा रखिसक्ने सदस्य सचिव ढकालले जानकारी गराउनुभयो । शिवरात्री, अक्षयतृतीया जस्ता दिनहरू आफैमा शुभ मानिन्छ । त्यसैले यसमा राख्न लागेका हौँ ” । उहाँले भन्नुभयो । अन्यथा धार्मिक कार्य भएकाे हुँदा ज्योतिषीय गुरुहरुले तोकेको मितिमा जलाहारी राखिने छ ।

पशुपतिमा अहिलेसम्म चाँदीबाट बनेको जलहरीको प्रयोग हुँदै आएको छ ।उक्त जलाहारी निकै जीर्ण बन्दै गएकोले सुनको नयाँ जलहरी निर्माण गर्न लागिएको हो ।