आजदेखि दोस्रो समूहलाई खोप लगाउदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजदेखि नेपाल सरकारले कोरोना विरुद्धको पहिलो चरणअन्तर्गत दोस्रो समूहलाई खोप लगाउन सुरु गर्दै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलोचरणको दोस्रो समूह अन्तर्गत सञ्चारकर्मी, यु एन का कर्मचारी कूटनीतिज्ञ, यातायात क्षेत्रका कर्मचारी, बैंकका कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाइने बताउनु भएको हो । घामछायाँसंग कुरा गर्दै उहाँले देशभर तोकिएका खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाउन सकिने जानकारी गराउनुभयो । सञ्चारकर्मीका लागि भने राजधानीको सिभिल अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको पनि उल्लेख गर्नु भयो । साथै, खोप लगाउने व्यक्तिले सरकारी कार्यालयबाट परिचय खुल्ने गरी सम्बन्धीत कार्यालयको आधिकारिक प्रमाणपत्र सहित खोप लगाउने सकिन्छ ।

सरकारले माघ १४ गतेदेखि एक हप्ताका लागि भन्दै पहिलो चरणको खोप अभियान सञ्चालन गरेता पनि पछि त्यसलाई १० दिन लम्ब्याएको थियो । योजना अनुसार आजदेखि दोस्रो समूहलाई खोप अभियान सञ्चालन गर्न लागेको हो । सुरु गरेको पहिलो चरणको खोप अभियान अन्तर्गत कोरोना विरुद्धको लडाईमा अग्रस्थानमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई गरि झन्डै एक लाख ८४ हजार ८ सय ५७ जनालाई खोप लगाएको थियो ।

आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान एक सातासम्म चल्ने छ । सरकारले यो खोप अभियान अन्तर्गत ३ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ ।