कोरोनाविरुद्धको खोप लगाउने अभियानमा पहिलाे चरणमा सफाई, शवचालक फ्रन्टलाइनमा खटिने गरी जम्मा ८० प्रतिशत स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पहिलो चरणमा ८०% स्वास्थ्यकर्मीले कोरोना विरुद्धको खोप लगाएका हुन् । पहिलाे चारणको खोप लगाउने मिति हिजो माघ २४ सम्म थियो । जसमा मन्त्रालयको तथ्यांकले १ लाख ८४ हजार ८ सय ५७ मा खोप लगाइएको देखाएको छ ।
कोरोना विरुद्धको खोप लगाउने अभियानबाट सरकारले सूचीकृत गरेका मध्ये २० प्रतिशत व्यक्ति छुटेका छन् ।छुटेकाहरु मध्ये कोही नेपालमा नै नरहेको, कसैको मृत्यु भइसकेको हुन सक्ने र कोही महिला गर्भावस्थामा रहेका कारण खोप नलगाएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले बताउनु भयो । “सूचीकृत मध्ये पनि कोही स्तनपान गराईरहेका र कोही भर्खर कोभिडबाट मुक्त भएका ले खोप नलगाएका हुन्” । उहाँले घामछायाँलाई जानाकारी गराउनुभयो ।
निर्देशक राजभण्डारीका अनुसार यो अभियानलाई फेसबुक, सामाजिक सञ्जालमा मात्रै राखेर नहुने बताउनु भयो । कति व्यक्तिहरु यो विषयसग जानकार नभएर पनि न आएको उहाँको दाबी छ । उहाँले यो अभियान पहिलाे चरण भएको हुँदा यसलाई तल्लो स्तरसम्म पुर्याउन नसकेको कुरा गर्नुभयो । सदरमुकाम र जिल्लामा मात्रै कायम भएको भन्दै “अहिलेको अभियान अस्पताल बेस मात्रै भयो । स्वास्थ्य केन्द्र सम्म पुर्याउनु पर्ने थियो” । उहाँले भन्नुभयो । प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा पनि खोप अभियान राखिएको भए अझ राम्रो हुने उहाँको धारणा छ ।
खोप लगाएकाहरु जसमा प्रदेश नम्बर १ मा २४ हजार २ सय २४, प्रदेश नम्बर २ मा २५ हजार ६ सय ३७, बाग्मती प्रदेशमा सबैभन्दा धेरै ६३ हजार ३ सय ८ खोप लगाइएको छ । त्यस्तै, गण्डकीमा १८ हजार ४ सय ७२, लुम्बिनीमा २८ हजार ९ सय ४१ कर्णाली प्रदेशमा सबैभन्दा थोरै नौ हजार ४ सय २० खोप लगाउँदा सुदुरपश्चिम प्रदेशमा १४ हजार, ८ सय ५५ जनामा खोप लगाइएको छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स/शववाहन चालक, महिला स्वास्थ्य स्वंसेविका, सरसफाइकर्मी, जेलका कैदी, वृद्धाश्रममा बस्ने र उनीहरूको स्याहारमा खटिने, त्रिभुवन विमानस्थलका कर्मचारीलाई खोप दिइएको थियो । यो अभियान माघ १४ देखि २४ गतेसम्म १० दिन चलेको थियो । अबको बाकी कार्ययोजना भने आजको निर्णयबाट हुने पनि उहाँले जानकारी गराउनुभयो ।
पत्रकारलाई भोलिदेखि कोरोना विरुद्धको खोप दिने
सरकारले पहिलो चरणको दोस्रो समूहको खोप अभियान अन्तर्गत सोमबार देखि पत्रकारलाई प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिने भएको छ ।
कोरोना महामारीका बावजूद पनि जनतालाई सुसूचित गर्न अग्रपंक्तिमा खाटी काममा सक्रिय रहेका पत्रकारहरुलाई सरकारले प्राथमिकताका साथ खोप लगाउने भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको पहलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप लगाउने प्राथमिकताको सूचीमा पत्रकारलाई पनि थपेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले स्वास्थ्यकर्मीपछि सञ्चारकर्मी र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको पालो आएको जानकारी दिए । उनका अनुसार सूचना विभागद्वारा वितरित प्रेस पासका आधारमा सञ्चारकर्मीलाई खोप उपलब्ध गराइनेछ ।
प्रतिक्रिया