कोरोनाबाट प्रभावित पत्रकारका लागि राहत प्याकेज ल्याउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड-१९ बाट प्रभावित श्रमजीवि पत्रकारलाई राहत प्याकेज ल्याउने भएको छ ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आइतबार काठमाडौंमा आयोजना गरेको ‘आमसञ्‍चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफलका क्रममा मन्त्री गुरुङले राहत प्याकेज ल्याउने घोषणा गर्नुभएको हो । सोही कार्यक्रममा मन्त्री गुरुङले पत्रकार महासंघसहित सरोकारवाला निकायसँग सुझाव दिन आग्रहसमेत गर्नु भएको छ । कार्यक्रममा प्राप्त भएको सुझावका आधारमा सरकारले कोभिड प्रभावित श्रमजीवी पत्रकारलाई तत्काल राहत कार्यक्रम ल्याउने उहाँको भनाइ थियो ।

सोही अवसरमा गुरुङले संसद् नभएका अवस्थामा जरुरी विधेयक भए अध्यादेशबाट भए पनि कानुन ल्याउने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले सूचना विभागको परिचयपत्रका साथै पत्रकार महासंघको सदस्यका आधारमाा पनि पत्रकारलाई बिमाको व्यवस्था गर्नुपर्ने बताउनुभएको थियो ।

मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुुझाव दिन पनि आग्रह गर्नुभयो ।