तेन्जिङ नोर्गेको बायोपिक बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सगरमाथाका पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पाको बायोपिक बन्ने भएको छ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र उहाँकी पत्नी मिसेल ओबामाको हाइयर ग्राण्ड प्रोडक्सन कम्पनीले चलचित्र बनाउने भएको हो ।

तेन्जिङ नोर्गे शेर्पाको बायोपिक एड डग्लसको पुस्तक तेन्जिङ हिरो अफ एभरेस्ट र नोर्गेको साँचो कथामा आधारित हुनेछ । ओबामाको कम्पनी हाइयर ग्राण्ड प्रोडक्सन र नेटफ्लिक्ससँगको सहकार्यमा चलचित्र निर्माण हुन लागेको हो । उक्त बायोपिक एड डग्लसको पुस्तक तेन्जिङ हिरो अफ एभरेस्ट र नोर्गेको साँचो कथामा आधारित हुने जनाएको छ।

बायोपिकमा तेन्जिङ शेर्पाको उपलब्धिहरु हुनेछन् । चलचित्रको निर्देशन जेनिफर पिडमले गर्नेछिन् भने चलचलित्रको नाम तेन्जिङ रहनेछ । चलचित्र रिलिजको मिति तोकिएको छैन । तर केही वर्षमै चलचित्र रिलिज हुने नेटफ्लिक्सले जनाएको छ ।

नोर्गेले एडमन्ड हिलारीसँगै सगरमाथाको विश्वको पहिलो सफल आरोहण सन् १९५३ मे २९ गरेका थिए। नोर्गे सन् १९१४ मे २९ मा सोलुखुम्बुमा जन्मिएका थिए भने उनको मृत्यु १९८६ मे ९ मा भारतको दार्जिलिङ्मा भएको थियो ।