हावाहुरीले ल्यायो यो वर्षको हिउँदे झरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठाडौंसहित देशको आसपासका ठाउँमा हावाहुरीसँगै यस वर्षको पहिलो  हिउँदे   झरी सुरु  भएको छ ।

यस पटक पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशभर आँशिकदेखि सामान्य बदली भएको छ । आज (शनिबार) सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागमा आंशिक देखि सामान्य बदली भएको छ । अहिले पनि आकाशमा डम्म बादल मडारिरहेकै छ ।

प्रदेश १ का अधिकांश स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हिमपात भएको छ ।