प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दुई चार हजार जम्मा गरेर आफूलाई ललकारेपछि बृहत् जनसभा गर्नु परेको बताउनुभएको छ ।
शुक्रबार आफू नेतृत्वको नेकपाको बागमती प्रदेश कमिटीले काठमाडाैंको राजमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक चुनावतिर गईसकेको पनि बताउनु भयाे।
हिजो प्रचण्ड- नेपाल समूहले गरेको बन्द हडतालमा जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने घोषणा पनि प्रधानमन्त्री ओलीले गर्नु भएको छ । राजतन्त्रविरुद्ध १४ वर्ष जेल बसेको उल्लेख गर्दै आफूले राजतन्त्र फर्काउन खोजेको हल्ला फैलाएको उहाले बताउनु भयो ।
जनताले बहुमत दिएर सरकारमा पठाए पनि आफ्नै पार्टीका केही नेताहरुले निहीत स्वार्थका लागि सरकारलाई असफल तुल्याउन खोजेको पनि प्रधानमन्त्री ओलीले बताउनु भयाे । नेपालको कालापानी क्षेत्रका भूभाग भारतीय पक्षले अतिक्रमण गरेपछि नेपालले जारी गरेको चुच्चे नक्सा ल्याइदेखि सरकार हटाउने प्रयास भएको सम्बोधनमा बताउनुभयो ।
नेपालले विकासको गति लिइ रहेको बताउँदै दैलेखबाट पेट्रोल र धाउवादीबाट फलाम निकालिने छ । यो सरकारले ईतिहासमा नै कसैले नगरेको काम गरेको भन्दै बुढापाकाहरुले सरकारको प्रशंसा गरेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । साथै,आजको आमसभाबाट देशको मूल पार्टी र खास नेकपा पार्टी कुन हो भन्ने पनि स्पष्ट भएको उहाँले जनसभामा जानकारी गराउनु भयो ।
सम्बोधनमा नै बोल्ने क्रममा गृहमन्त्री रामबहादुर थापा “बादल” ले मांसाहारी आन्दोलन गर्नेहरुलाई हाम्रो संविधानले अपराध घोषित गरेको र मासहारी आन्दोलन गर्नेलाई जाउलाखलेका चिडियाखानामा लगेर बन्द गरिने बताउनुभयो ।
त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेलले चुनावको विरोध गरेर लोकतन्त्रलाई उपहास गर्न खोजेको बताउनुभयो । चुनावको विरोध गरेर मुलुकलाई अनिश्चिततातिर धकेलेको उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।
प्रतिक्रिया