२१ ठाउँमा फोरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं उपत्यकामा एक सवारीसाधनमा आगलागीसहित अन्य चार ठाउँमा सवारीसाधन तोडफोड भएको छ ।

 

देशभर २१ वटा सवारी साधनमा क्षतिभएको मा काठमाडौं उपत्यकामा आगलागीसहित चारस्थानमा सवारीसाधन तोडफोड भएको हो । सामाखुशीस्थित ट्याक्सीमामा आगलागी र चाबहिल, कलंकी, भोटाहिटीका स्थानमा तोडोफोड भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले घामाछायाँलाई जानाकारी दिनुभयाे । २१ स्थानमध्ये बाकीका १६ स्थानको विवरण भने अझैसम्म प्रहरी कार्यालयसम्म न आइपुगेको प्रवक्ता कुँवरको भनाई छ ।

त्यस्तै, हालसम्म देशका विभिन्न स्थानबाट एक सय ५७ जनालाई प्रहरीले हिरासतमा लिएको छ । जसमध्ये उपत्यकामा मात्रै ८० जना भन्दा बढी रहेका छन् । पक्राउ पार्नेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायतका नेता सहित कार्यकर्ता रहेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्री बसन्त बहादुर कुँवरले घामाछायाँसँग कुरा गर्दै भन्नुभयाे ।

आज नेकपाका प्रचण्ड–नेपाल समूहले गरेको बन्द हडतालका कारण देशभरको जनजीवन प्रभावित बनेको छ।