काठमाडौ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधान गरेको छ । पाठ्क्रम विकास परिषदको बैठकले माध्यमिक तहमा गणित विषयको अध्ययनबाट विद्यार्थीले उच्च शिक्षामा प्राप्त गर्न सक्ने अवसरलाई दृष्टिगत गरी गणित विषयलाई अनिवार्य गरेको छ ।
केन्द्रले सर्वोच्च अदालतको निर्देशात्मक आदेश र विगतमा गणित विषयको अध्ययन गर्न गठित कार्यदलको सिफारिस समेतका आधारमा कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीलाई गणित पढ्ने अवसर उपलब्ध गराउन हालको संरचनामा अनिवार्य सामाजिक अध्ययन तथाजीवनोपयोगी शिक्षा विषय वा गणित पढ्न पाउने व्यवस्था गरेको हो ।
केन्द्रका महानिर्देशक केशव दाहालले अब पाठ्त्रयमको सबै समस्या समाधान भएको जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले परिषदले गरेको निर्णयमा बुधबार हस्ताक्षर गरेपछि नया संरचना अनुसार प्रारुप लागु भएको हो ।
निर्णयमा अनिवार्य विषयका रूपमा गणित विषय अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक विषयका रूपमा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय र अनिवार्य विषयका रूपमा सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा विषय अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक विषयको रूपमा गणित विषयअध्ययन गर्न सक्ने व्यवस्था गरेको छ । निर्णयमा विषयगत प्रयोगात्मक पाठ्यघण्टा सम्बन्धीत पाठ्यक्रमले निर्धारण गरे बमोजिम थप हुन सक्ने व्यवस्था गरेको छ ।
त्यसैगरी विद्यार्थीले आफ्नो सिकाइको अवसर वृद्धि गर्ने उद्देश्यले थप अध्ययन गर्न चाहेमा ऐच्छिक विषय नलिएको समूहबाट थप ऐच्छिक विषय अध्ययन गर्न सक्ने छ तर त्यस्तो विषय अतिरिक्त क्रेडिट विषयका रूपमा रहने निर्णयमा उल्लेख छ ।
त्यस्तै प्रत्येक अनिवार्य तथा ऐच्छिक विषयमा विद्यालयले बराबरको प्रयोगात्मक ÷व्यावहारिक अभ्यास गराउनुपर्ने छ । यस्तो अभ्यासमा विषयको प्रकृतिअनुसार प्रयोगात्मककार्य, परियोजना कार्य, सामुदायिक कार्य, प्रस्तुतीकरण, खोज, इन्टर्नसिप, अतिरिक्त कार्यकलाप, खेलकुद, गायन आदि कार्य गराउन सकिने छ । तर सम्बन्धीत विषयको पाठ्यक्रमले तोके अनुसारको प्रयोगात्मक अभ्यास गराउनुपर्नेछ ।
कक्षा ११ र १२ का ऐच्छिक दोस्रो समूहमा रहेको कम्प्युटर विज्ञान विषयलाई विज्ञान विषय पढ्ने विद्यार्थीहरूले पनि पढ्न पाउने व्यवस्था गर्न राष्ट्रिय पाठ्यव्रmम प्रारूप, २०७६ को परिच्छेद ४ को दफा ४.५.४ को उपदफा (ग) ३ ले गरेको व्यवस्थाअनुसार उक्त समूहबाट चौथो समूहमा समूहीकृत गरी विषय कोड कायम गर्ने निर्णय भएको छ ।
कक्षा ११र १२ का ऐच्छिक पहिलो समूहमा रहेको स्वास्थ्य तथा शारीरिक शिक्षा र खेलकुद विज्ञानलाई अलग समूहमा राख्न राष्ट्रिय पाठ्यव्रmम प्रारूप, २०७६ को परिच्छेद ४ को दफा ४.५.४ को उपदफा (ग) ३ ले गरेको व्यवस्थाअनुसार स्वास्थ्य तथा शारीरिक शिक्षा र खेलकुद विज्ञानदुवै विषयलाई पहिलो समूहबाट चौथो समूहमा समूहीकृतगरी विषय कोड कायम गर्र्ने निर्णय परिषदले गरेको छ ।
निर्णय गरे लगत्तै मन्त्री श्रेष्ठले सर्वोच्च अदालतको निर्णयलाई सम्मान गरेको र अन्य केही नमिलेको विषय र संरचनामा केही हेरफेर गरेको जानकरी दिनुभयो । भन्नभयो–निर्णयसंगै अब पाठ्यक्रम प्रारुपमा देखिएको समस्या हल भएको छ । पाठ्यक्रम विकास केन्द्र र परिषदका सबै सदस्यहरुको सहयोगबाट लामो समयदेखि देखिएको समस्या हल भएको छ ।
संरचना अनुसार कक्षा ११ र १२ मा रहेका कलासम्बद्ध विषयको समूह परिवर्तन अनुसार पहिलो समूहमा चित्रकला, दोस्रोमा समूहमा कला इतिहास , तेस्रोमा प्रायोगिक कला विषय र चौथो समूहमा मूर्तिकला विषय राख्ने निर्णय भएको छ ।
परिषदले बालविकास तथा शिक्षाको पाठ्यव्रmम(२०७७) लाई भाषिक तथा प्राविधिक सम्पादन गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै शैक्षिक वर्ष २०७६ मा परीक्षणका लागि स्वीकृत भएका कक्षा ६—८ का पाठ्यव्रmम शैक्षिक वर्ष २०७७मा सातै प्रदेशका २८ ओटा विद्यालयमा परीक्षण प्रयोग र सम्बन्धित सरोकारवालाहरूबाट प्राप्त सुझावहरू समेतलाई समेटेर आधारभूत शिक्षा (कक्षा ६—८) पाठ्यव्रmम, २०७७ स्वीकृत गरी शैक्षिक वर्ष २०७८ बाट क्रमशः देशभर लागु गर्ने निर्णय गरेको छ ।
त्यस्तै कक्षा ९ र १०को माध्यमिक शिक्षा अन्तर्गत अनिवार्य नेपाली, अङ्ग्रेजी, गणित , विज्ञान तथा प्रविधि र सामाजिक अध्ययन विषयको पाठ्यक्रम प्रारुप स्वीकृत गर्ने निर्णय गरेको छ । कक्षा ४—५ मा स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला विषय रहेको र कक्षा ६—८ मा स्वास्थ्य तथा शारीरिक शिक्षा नाम मात्र रहेको हँुदा यसमा रहने विषयवस्तु स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कलासँग पनि सम्बन्धित रहेकाले विषयको नाम स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला कायम गर्ने निर्णय परिषदले गरेको छ ।
प्रतिक्रिया