विदेशी पर्यटक अब राज्यको राडार भित्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : नेपाल आउने विदेशी पर्यटक खासमा कति छन् ? कहाँ कहाँ घुम्न जान्छन्  । के के गर्छन् ? घुम्ने बहानामा अवैध धन्दामा पो सम्लग्न छन् कि ?   अब सरकारले यस्तै प्रश्नहरुको धेरैहद सम्म थाहा पाउने भएको छ ।

सरकारले भर्खर लागू गरेको पर्यटक  सूचना प्रणालीका रूपमा नेपाल  आएका विदेशी नागरिकको निगरानी गर्न राज्यलाई गतिलो औजार मिल्ने भएको छ । यस अघि यस्तो सूचनाका लागि होटेलहरुको भर पर्नु पर्ने थियो । जुन त्यति भरपर्र्दो पनि थिएन ।

सरकारले हालै केन्द्रीय इलेकट्रोनिक पर्यटन प्रबन्धन सूचना प्रणाली(सेट्मिस) सुरु गरेपछि विदेशीलाई निगरानी गर्न सहज हुने भएको हो ।
यस सूचना प्रणाली अन्तर्गत २५ वटा पर्यटन क्षेत्रको वास्तविक डाटा संकलन हुने गर्छ । जसका कारण आएका विदेशीहरु कहाँ,कुन समयामा के गर्दै छ भन्ने सम्पूर्ण तथ्यांक संकलन तथा भण्डारण हुन्छ ।
एउटै पर्यटकले विभिन्न स्थानमा बारम्बार पासपोर्ट देखाइरहने जस्ता भोग्नुपरे समस्यबाट पनि छुटकारा मिल्ने छ । अब अध्यागमनमा पासपोर्ट देखाइसकेपछि त्यहाको डाटा सबैतिर जान्छ । पासपोर्टको नम्बर हानेपछि सम्बन्धित पर्यटकको सम्पूर्ण जानकारी सम्बन्धित पर्यटन निकायमा उपलब्ध हुन्छ ।

“यस अघिसम्म विदेशी नेपाल आएको र गएको मात्रै थाहा हुन्थ्यो” तर नेपाल भित्रिसके पछि कसले के गर्छ, कहाँ जान्छ भन्ने कुनै तथ्यांक सरकारसँग हुँदैन थियो ।अब यो प्रणाली लागू भएसँगै विदेशीहरुले गर्ने हरेक कुरासँग अवगत हुन सकिन्छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।

पर्यटकको जानकारी होटेलले दियो भने मात्रै थाहा हुन्थ्यो तर अब ती सबै तथ्यांक सरकारसँग रहन्छ ।
पर्यटक फरक प्रयोजन देखाएर नेपाल आउने र नेपालमा लागूऔषध, सुन तस्कर जस्ता गैह्रकानुनी क्रियाकलापमा संलग्न हुन्थ्यो । पर्यटक पक्राउ परेपछि मात्रै गैह्रकानुनी धन्दामा संलग्न भएको थाहा हुने समाचार हामीले सुन्दै आएका छौ । अब यस्तो परिपाटी बदलिनेछ । सरकारले चाहेको सन्दर्भमा लोकेशन ट्रयाक गर्न सक्छ र तत्काल नियन्त्रणमा पनि लिन सक्छ । साथै पर्यटकलाई समस्या परेको अवस्थामा, पर्यटक हराए वा उद्धार गर्न परेमा पनि यस प्रणालीबाट सहजै गर्न सकिने निर्देशक लामिछानेले जानकारी गराउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिले पर्यटक हराएको वा अरु कुनै समस्यामा परेको छ भन्ने कसैलाई थाहा हुन्थ्येन भने अब सबै सरकारको तथ्यांकमा रहन्छ” । पर्यटनकको सहजीकरणको लागि पनि यसको विकास गरेको हो ।

नेपालमा अहिलेसम्म पनि पर्यकसम्बन्धी वास्तविक तथ्यांक कतै नभएको पाइन्छ । अध्यागमन विभाग, पर्यटन बोर्ड लगायतका अन्य पर्यटन निकायको तथ्यांक आफैमा पनि भिन्नभिन्न रहेको देखिन्छ । त्यसैले यी सबैलाई एकीकृत गर्न र वास्तविक तथ्यांक राख्न यसको अवधारणा लिएको हो । यो प्रणालीले वास्तविक समयमा पर्यटकको डाटा राख्ने गर्छ। यो पूर्ण रुपमा नेपाल सरकारको स्वामित्वमा रहेको र यसका डाटा पर्यटन मन्त्रालयबाट प्रमाणित हुन्छ ।

यसले मन्त्रालय अन्तर्गत निकायका सूचनाहरुलाई एकीकृत रुपमा राखी केन्द्रीय डाटावेस तयार गर्छ ।यसको मुख्य उद्देश्य भनेको पर्यटकीय तथ्यांकलाई डिजिटलाइज गरि माइक्रोसफ्ट वर्ड(एमएस) प्रणालीमा लैजाने वरिष्ठ अधिकृत सिताराम घिमिरेले बताउनुभयो । यस प्रणालीले नेपालमा आएका पर्यटकका सम्पूर्ण जानकारी लिन मद्दत पुग्ने उहाँको दाबी छ ।

राजधानीमा बुधबार नेपाल पर्यटन बोर्डद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा केन्द्रीकृत पर्यटन तथ्यांक व्यवस्थापन प्रणाली बारे जानकारी दिइएको थियो । छलफलमा आएको सल्लाह सुझाबलाइ समेटेर पुन: अन्तिम चरणा पुर्‍याउने बोर्डले जनाएको छ ।

आयोजित कार्यक्रममा मन्त्रालयको सहसचिव प्रदीपकुमार कोइराला, मन्त्रालयका वरिष्ठ अधिकृत सिताराम घिमिरेसहित रेष्टुरेन्ट एण्ड बार एसोसिएसन, होमस्टे एसोसियसन लगायतका होटेल पर्यटन व्यवसायीले सहभागी जनाएका थिए ।