काठमाडौमा अबको २ वर्ष भित्र जग्गासहितको भलिबल कभर्डहल बन्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नारासहित “खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रम” मा बोल्नुहुदै प्रधानमन्त्री ओलीले अबको दुई वर्ष भित्र जग्गासहितको भलिबल कभर्डहल निर्माण गर्ने बताउनुभएको हो ।
नेपालको राष्ट्रिय खेल भलिबल भएको र अहिलेसम्म आफ्नै व्यवस्थित कभर्डहल नभएको जन गुनासो राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले राखेसँगै प्रधानमन्त्री ओलीले यस्तो निर्णय गर्नुभएको हो ।
कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले १३ औं साग गेममा ऐतिहासिक स्वर्ण जितेका खेलाडीहरुलाई बधाई दिनुभएको थियो । साथै, कसैको उपनिवेश नबनेको र युद्धमा कहिल्यै नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने बताउनुभयो । इतिहासको लडाइँमा खुकुरीले जित्ने नेपालीले डल्ला फ्याँदा झन् हार्न नहुने उहाँको अभिव्यक्ति थियो ।
खेलकुदमा गरिने खर्च निरर्थक नभएको पनि उहाँको भनाई छ । खेलमा गरेको खर्चले देशको गौरव बढाउने काम गर्छ । खेलकुदले सबैको मन चाडैं नै छुने र आफ्नोपनको भाव पैदा गराउँछ ।
सदस्यसचिव सिलवालले खेलकुदमा बजेट कम भएको भनेपछि कोरोनाले बजेट घटेको र अब २०२१ मा कोरोनालाई घटाएसँगै खेलकुदमा बजेट बढाउने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले जति धेरै हुन्छ उति नै धेरै प्रतियोगितामा भाग लिनुपर्ने बताउनुभएको छ । सर्वप्रथम तयारी जितको नै लागि हुनुपर्ने कथम्कदाचित् हारे पनि हारको कारण पत्ता लगाउन सकिने उहाँको भनाई छ ।
प्रतिक्रिया