किन रोजियो नारायणहिटी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) ले ठूला सभा गर्दा राजधानीको यातायात व्यवस्था अस्त व्यस्त हुने समस्याबाट मुक्त हुन आगामी २३ गतेको सभा नारायणहिटी दरबार संग्रहालयको दक्षिण प्रवेशद्वार अगाडी गर्न लागेको स्पष्ट पारेको छ ।Cpn ananda pokhrel

राजधानीमा मंगलबार आयोजित भेला तयारी सम्बन्धी कार्यक्रममा बोल्दै नेकपाका वागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले यातायात व्यवस्थालाई सुचारु राख्न र भेलामा उपस्थित हुने करिब २ लाख सहभागी संख्यालाई हेरेर उक्त स्थान छानिएको जानकारी दिनुभयो । ‘गुगल म्याप सर्च गर्दा र इन्जिनियर सहित विभिन्न ठाउँमा हेर्दा यस अघि राजधानीमा सभा गरिने ठाउँमा भन्दा त्यहाँ सर्वाधिक मानिस अट्न सक्ने देखियो । ’, उहाँले भन्नुभयो ।

ठूला सभाका लागि विगतको चर्चित स्थान खुल्लामञ्चमा बस पार्क राखिएका कारण राजनीतिक सभाहरु अहिले रत्नपार्क, भृकुटीमण्डप, माइतिघर मण्डला आदि स्थानहरुमा हुने गरेका छन् । ‘यि स्थानहरुमा बढीमा २० हजार मात्र अट्न सकिने देखियो ’, उहाँले भन्नुभयो ।

सभाका लागि नारायणहिटी दरबार संग्रहालयको उक्त स्थान छनौट गरिएपछि सामाजिक सञ्जालमा विभिन्नि टिका टिप्पणी सुरु भएका थिए । यसैलाई लिएर आधारहीन हल्लाहरु पनि फैलाइएको बताउँदै अध्यक्ष पोखरेलले भन्नुभयो । ‘त्यस्तो भन्नेहरुले नारायणहीटी अब दरबार नभएर दरबार संग्रहालय भइसकेको बिर्सिए’।

सत्तारुढ पार्टीबाट सभा आयोजना हुनुलाई केही अस्वभाविक भनेको कुरा उठाउँदै पोखरेलले आफ्नो दल निर्वाचनमा जाँदै गरेकोले यस्ता सभा अझ अरु पनि गरिने बताउनु भयो ।
कार्यक्रममा पार्टीका प्रेस इन्चार्ज राजेन्द्र गौतम, प्रेस संगठन नेपालका संयोजक गणेश बस्नेतले पनि बोल्नु भएको थियो ।