आविष्कार गर्ने बुद्धि बोलाउँदै महावीर -भिडियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

“पढाई र पैसाको कुरो छोडिदिनुस्, बुद्धि लिएर आउनुस् । जे सुकै होस् त्यो भोली व्यवसाय बन्नु पर्यो, बजारमा चल्नु पर्यो अनि रोजगारी दिनुपुर्योे” ।

राजधानीको कीर्तिपुरस्थित त्रिवि परिसरमा रहेको राष्ट्रिय आविष्कार केन्द्र  पुग्ने जो कोहीलाई नविन सृजनाका लागि कहलिएका महावीर पुन यही भनिरहनुभएको हुन्छ ।

झ्वाट् हेर्दा कुनै फलाम कारखाना जस्तो लाग्ने आविष्कार केन्द्रमा एउटा कुनामा पहाडी गरामा लगाउन मिल्ने यान्त्रिक हलो चलिरहेको छ ,
अर्को कुनामा सूचना प्रविधिको नविन खोज कतै ड्रोनको व्यावसायिक उत्पादनको कुरा त कतै मौरीबाट बहुमुल्य पदार्थका उत्पादन यस्ता दर्जनौं सृजनाहरुले नेपाली आवश्यकताहरुको गर्भबाट आविष्कार जन्माइ रहेका छन् र (भिडियो रिर्पोट हेरौं)