कलङ्की चाबहिल सडक (चक्रपथ) विस्तारको पूर्व तयारीको कार्य ९७.८% पूरा भएको छ । बाँकीको २ प्रतिशत कहिले सकिन्छ भनेर यकिनका साथ भन्न सक्ने अवस्था भने छैन ।
पूर्वतयारीको काम सक्ने क्रममा सडक खण्ड छेउमा पर्ने दुवै तर्फका रूख काट्ने काम सकिसकेको छ । चक्रपथ विस्तार कै लागि भनेर दुई हजार एक सय भन्दा बढी रूख काटेको काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाका प्रमुख अर्जुन सुवालले घामछायाँलाई जानकारी दिनुभयो ।

चक्रपथ विस्तारमा पर्ने गोङ्गबु बसपार्कमा रहेको आकाशे पुललाई पनि भत्काइसकेको छ । त्यसैगरी सडकको छेउमा रहेको बिजुलीको पोल, खानेपानीको पाइप, ढलको व्यवस्था मिलाईसकेको छ ।

अब बन्न लागेको आठ लेनको उक्त दोस्रो चरणको चक्रपथ ११.६ किलो मिटर हुनेछ । जसमा महाराजगन्जस्थित २४४ मिटरमा पर्ने १९ घरलाई मुआब्जा वितरणको काम बाँकी रहेको आयोजनाका प्रमुख सुवालले बताउनुभयो । यस्तै सानोभर्याङमा र कारखाना चोकस्थित रहेको हाईभोल्टेज टावरलाई पनि अहिले हटाउन सकिएको छैन । यसको विकल्पमा मोनोपोल राख्नु पर्ने हुँदा ढिलाई भएको हो । उहाँले जानकारी गराउनु भयो । मोनोपोल भारतमा निर्माण भईरहेको र निर्माण पूरा हुन अझै एक डेढ महिना लाग्ने सुवालको भनाई छ । यो भारतबाट ल्याउनु पर्ने भएको ले यसमा केही समस्या देखिएको हो ।

धार्मिक तथा पर्यटनको महत्व बोकेको र पर्यटकीय गन्तव्य बनेको स्वयम्भूनाथको चैत्य हटाउने निर्णयको चौतर्फी विरोध भए थियो । पछि महानगरले समन्वय गरी यसलाई बचाएर चक्रपथ विस्तार गर्ने भने पनि अहिलेसम्म यो विषय अन्योलमा नै रहेको छ । विश्व सम्पदा सूचीमा परेको र यसलाई के गर्ने भन्नेमा सरकारलाई पत्राचार गरुसकेकोले आफुहरू सरकारले गर्ने निर्णयको प्रतीक्षामा रहेको आयोजनाका प्रमुख सुवालले बताउनुभयो ।

नेपाल सरकारले पूर्वतयारीको सबै काम पूरा भएपछि मात्रै चीन सरकारले विस्तृत अध्ययन गरेर सडक निर्माण सुरु गर्नेछ । चीन सरकारले नै यसअघि चीनकै लगानीमा कोटेश्वर–कलंकी सडक खण्ड चौडा पारिएको थियो । उक्त आयोजनामा जस्तै घरटहरा आदि संरचना हटाउने समस्या नदोहोरियोस् भन्ने हेतुले निर्माण सुरु गर्नु पूर्व नै निर्माणस्थल खाली गर्न नेपाल सरकारलाई भनेको थियो । सो अनुरुप नै नेपाल सरकारले काम गरेको हो ।
यसअघि बनाइदिएको पहिले चरणको चक्रपथ कलङ्की कोटेश्वर खण्डमा जस्तै घरटहरा आदि संरचना हटाउने समस्या नदोहोरियोस् भन्ने हेतुले निर्माण सुरु गर्नु पूर्व नै निर्माणस्थल खाली गर्न नेपाल सरकारलाई भनेको थियो । सो अनुरुप नै नेपाल सरकारले काम गरेको हो ।
प्रतिक्रिया