खोंडे र कुन्जोको निशुल्क उपचार हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकी संंस्था स्माईलट्रेन र रिसर्च इन्टरनेशनलको सहयोगमा नेपालमा खोंडे र कुन्जोको निःशुल्क प्लाष्टिक सर्जरी शिविर हुने भएको छ । माघ २३ गते पोखराको गैह्रापाटनमा यो शिविर सञ्चालन हुन लागेको हो ।
कीर्तिपुर अस्पतालको प्रावधिक संयोजन तथा फिस्टेल हस्पिटल एन्ड रिर्सच सेन्टर र लायन्स क्लब अफ अन्नपूर्ण पोखराको स्थानीय सहकार्यमा शिविर सञ्चानल हुन लागेको हो । चिफ कोडिनेटर हेमन्तध्वज जोशीका अनुसार उक्त शिविरमा ओठ र तालु (जिब्रो भन्दा माथिल्लो भाग) फाटेको खोंडे र आगोले पोलेर शरीरको एक भाग अर्काे भागसँग मिल्न गएको कुन्जो भएकाहरुको निशुल्क प्लाष्टिक सर्जरी गरिनेछ । उपचारमा संलग्न डाक्टरहरूको आफ्नै टोली रहेको र सो टोली विदेशमा काम गरिसकेका अनुभवी विशेषज्ञ सर्जनहरू रहेका छन् । साथै शिविरमा यो बाहेकका जुनसुकै सेवा पनि लिन सकिने उहाँले घामछायाँलाई बताउनु भयो । यसका लागि भने केही शुल्क लाग्नेछ ।
अमेरिकी यस संस्थाले २० वर्षदेखि नेपालमा यस्ता शिविरहरू सञ्चालन गर्र्दै आईरहेको छ । २० वर्षको अवधिमा यस संस्थाले २० हजार भन्दा बढीलाई सेवा प्रदान गरिसकेको चिफ कोडिनेटर जोशीले जानकारी दिनु भयो । संस्थाले सेवा लिने सम्बन्धित व्यक्तिको तीन पुस्ते विवरणको रेकर्ड राखेका पनि बताउनु भयो ।
त्यस्तै यस संस्थाले २३ नै गते हाम्रो हस्पिटल प्रालि विराटनगरमा यस्तै शिविर सञ्चालन गर्न लागेको छ । संस्थाले आगामी दिनहरूमा फागुन ७ मा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा, फागुन १४ मा नेपालगञ्ज मेडिकल कलेजमा र फागुन २४ गते बुटवलमा यही समूहले यस्तै शिविर सञ्चालन गर्न लागेको चिफ कोडिनेटर जोशीले जानकारी गराउनु भयो ।