भारतबाट कोरोनाविरुद्धको खोप कोभिसिल्ड भित्रिएसँगै पर्यटक बढ्न सक्ने आशा छाएको छ । माघ १४ गतेबाट सरकारले खोप उपलब्ध गराएपछि पर्यटन क्षेत्रमामा पनि केही राहत मिल्ने संकेत देखेको हो ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार “जुन जुन देशमा कोरोनाविरुद्धको खोप लगाएको छ, त्यही देशबाट पर्यटक नेपाल आउन सक्छन्” । अहिलेको अवस्थामा खोप लगाएको मुलुक भारतबाट केही मात्रामा पर्यटक आउन थालिसकेको निर्देशक लामिछानेले घामछायाँसँग बताउनुभयो । नेपालमा खोप लगाउन सुरु गरेसँगै विश्वमा नेपाललाइ हेर्ने सकारात्मक सन्देश गएको उहाँको दाबी छ । योसँगै नेपाल पर्यटनको सुरक्षित गन्तव्य बनेको छ ।
पर्यटन बोर्डले भारतीय पर्यटकलाई लक्षित गर्दै केही दिन अघि नेपाल भारत सिमाना खोलेको थियो । साथै पर्यटन बोर्डले सात वटै प्रदेशमा रहेको आफ्नो कार्यलय खोलिसकेको छ । पर्यटन बोर्डको यस्तो कार्यले पर्यटन व्यवसायीहरु पनि उत्साहित भएका छन् ।
नेपालको मुख्य पर्यटकीय स्थल पोखरामा भारतीय पर्यटक धेरै आउने हुँदा केही दिन अघि मात्रै पोखरेली पर्यटन व्यवसायीहरुले सिमाना खोल्न माग गर्दै नेपाल पर्यटन बोर्डलाई ज्ञापनपत्र बुझाएका थिए । भारतसँग सिमामा जोडिएको अर्को पर्यटकीय स्थल लुम्बिनीका व्यवसायीहरुमा पनि खुशी छाएको छ ।
निर्देशक लामिछानेका अनुसार पर्यटकका लागि भन्दै १२ वटा स्वास्थ्य सुरक्षाका मापदण्ड जारी गरिएको छ । जस अन्तर्गत क्रमशः भिजा अनएयाइबल गरिने छ , साथै पीसीआर रिपोर्टसँगै पीसीआर रिटेष्ट पनि गर्नु पर्नेछ । नेपाल भारत ट्राभल बबल, पदयात्रा मार्फत प्रवेश, पुन: पीसीआर रिटेस्ट गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको निर्देशक लामिछानेले जानकारी गराउनुभयो । खोप लगाएको प्रमाणपत्र ,पर्यटन गतिविधि सुचारु,कोभिड हेरविचार केन्द्र,भ्रमणबिमापर्यटकका लागि अनराइबल भिजाको डकुमेन्ट्री चाहिने र आगन्तुक पर्यटकलाई नै भिसा उपलब्ध गराउने छ ।
नेपालमा आएका पर्यटकको लागि सुरक्षाका मापदण्ड कार्यन्वयन गरेको छ छैन हेर्न पर्यटन बोर्डले अनुमगन समितिको पनि गठन गरेको छ ।
प्रतिक्रिया