कीर्तिपुर नगरकी उपप्रमुख सरस्वती खड्काका अनुसार नगरपालिकाले झन्डै ९० प्रतिशत सडक विस्तार र व्यवस्थित गरेको छ । सडक चिन्ह, नेत्रहीन हिँडन मिल्ने फुटपाथ र केही स्थानमा त हरितबेल्ट समेत ।
आइतबार नगरकार्यपालिकाको नियमित पत्रकार भेटघाटमा खड्काले यसो बताइरहँदा पत्रकारहरुबाट भने सडकको दुरावस्था, बनेका सडकमा पुन खाल्डो खनिएको र सडकपेटीको अतिक्रमसम्बन्धी दर्जनौं प्रश्नको ओइरो लागेको थियो ।
त्यसको सारमा जवाफ दिँदै उपप्रमुख खड्काले नगरले बनाएका संरचनाहरुको संसक्षण, निगरानी र सुरक्षाका लागि नगर प्रहरीको बलियो संरचना नहुनु यसका कारक भएको बताउनु भयो । ‘नगर प्रहरी जम्मा ४ जना छन् । कतै कसैले फुटपाथ मिचे वा केही नियम तोडेको खबर आए तिनै चार मध्येका कोहीलाई पठाउने गरिएको छ । फुटपाथ मिचेर पसलका सामान राखेको देखिए पनि तत्कालै केही गर्न सक्ने अवस्था हुँदैन बरु नगरप्रहरीबाट हामीलाई फोन आउँछ, मिचेको रैछ के गरौं ?’।
यो अवस्थाका कारण नगरपालिकाले सार्वजनिक सम्पत्ति (धेरै जसो जमिन मिच्ने काम) र जथाभावी प्लटिङ समेत प्रभावकारी रुपमा रोक्न सकेको छैन । जनप्रतिनिधिहरु यताउता लागेका हुन्छन् भनेर शनिबार ड्रोजर चलाउने प्रवृत्ति छ’। स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले बनाएका नीति नियम कार्यान्वयनमा लैजान बलियो संयन्त्रको आवश्यकता महशुस गरिए पनि यसबारे नगरपालिकाले ठोस कार्यअघि बढाएको छैन । सबै कुरा जनप्रतिनिधिले मात्र हेरेर नसक्ने भन्दै उपप्रमुख खड्काले स्थानीय जनता पनि यसबारे सचेत हुने र समयमै खबर गर्नुपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाले गरेका विकास निर्माण कार्यहरु किोभिड महामारीको व्यवस्थापन लगायत स्वास्थ्य शिक्षा जस्ता क्षेत्रमा विगत दुई महिनामा भएका कार्यको जानकारी दिइएको थियो ।
प्रतिक्रिया