प्रचण्ड नेपाल फेरि माइतीघरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल आज पनि माइतीघर मण्डलामा धर्नामा बस्नुभएको छ ।
प्रतिनिधिसभा विघटनको  विरोधमा दााेस्राे चरणको आन्दोलन गरिरहनुएका दाहाल नेपाल समूहले अध्यक्षसहित माइतीघरमा धर्ना गरेका हुन् ।


दाहाल नेपाल समूहका नेताहरु चारदिन देखि धर्नामा रहे पनि कार्यकर्ताको ध्यान तान्न अध्यक्षद्वय दाहाल र नेपाल धर्नामा सहभागी हुनुभएको हो । धर्नामा विघटित प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका सदस्य, प्रदेशसभा सदस्यहरु सामेल हुनुहुन्छ ।


प्रतिनिधिसभा विघटित गराइसकेपछि प्रधानमन्त्री ओली विरुद्ध पुुस ५ गते यता धर्ना र आन्दोलन गर्दै आएको छ । दाहाल नेपाल समूहले काठमाडौंमा माघ २८ गते बृहत् शक्ति प्रदर्शन गर्ने घोषण गरेको छ ।