स्वार्थका कारण संविधान र प्रजातन्त्र कमजोर हुनेःअध्यक्ष थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आफ्नो स्वार्थका कारण पैसा खर्च गरेर शक्ति प्रर्दशन गर्नाले संविधान र प्रजातन्त्रलाई कमजोर पार्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको भनाई छ ।
उहाँले शनिबार आफ्नो ट्विटर एकाउन्टमार्फत् ट्विट गर्दै यस्तो भनाई राख्नु भएको हो । “निहित स्वार्थको निमित्त करोडौं खर्च गरेर शक्ति प्रर्दशनको नाममा अदालतलाई धम्क्याउने र अस्थिरता सिर्जना गर्ने कार्यले बरु संविधान र प्रजातन्त्रलाई कमजोर बनाउँछ । उहाँ लेख्नु हन्छ ।
अहिलेको परिस्थिति नियन्त्रण भन्दा बाहिर जान सक्ने खतरा भएकोले अदालत र निर्वाचन आयोगले अविलम्ब निर्णय गर्नु पर्ने अध्याक्ष थापाको मत रहेको छ ।