दुई दिन मै झन्डै ३० हजारले लगाए खोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा कोरोनाविरुद्धको खोप “कोभिसिल्ड” लगाउनेको संख्या २९ हजार पुगेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलका निर्देशक डा.सागरकुमार राजभण्डारीको अनुसार दुई दिनको अवधिमा स्वास्थ्य, सफाइकर्मी लगायतका फ्रन्टलाइनमा खटिने २९ हजारले कोभिसिल्ड खोप लगाइसकेको बताउनु भयो । साथै आज यो संख्या दोब्बर हुन सक्ने पनि हामीलाइ जानकारी गराउनु भयो । “आज शुक्रबार भएको हुनाले आज दोब्बर हुन सक्छ” । भोलि शनिबार सबैको अफिस बन्द हुने र आरम गर्न समय मिल्ने हुनाले यो संख्या दोब्बर हुने उहाँको भनाई छ ।
आजसम्म टेकु अस्पतालमा पनि ३१० जना भन्दा बढिले खोप लगाइसकेको जानकारी गराउनु भयो ।

कोभिसिल्ड नेपालका लागि सबै भन्दा उपयुक्त

टेकु आपतालका निर्देशक डा.सागरकुमार राजभण्डारीले अहिलेसम्म पाइएक कोरोना विरुद्धको खोपमा नेपालको लागि सबैभन्दा उपयुक्त यही कोभिसिल्ड रहेको बताउनुभएको छ । घामछायाँसँग कुरा गर्दै डा.राजभण्डारीले यस्तो बताउनु भएको हो ।

अन्य खोपलाइ -२० डिग्री देखि -७० डिग्रीसम्म राख्नुपर्ने हुन्छ जुन कुरा हाम्रो सबै ठाउँमा सम्भव पनि हुदैन । तर, यो कोभिसिल्ड खोपलाई भने सामान्य २ देखि ८ डिग्री सेल्सीएस सम्ममा पनि सजिलै स्टोर गर्न सकिन्छ । डा.राजभण्डारीका अनुसार नेपालका भौगोलिक र क्षमताका हिसाबले पनि यो खोप उपयुुक्त भएको बताउनु भएको हो ।

खोपले कसरी काम गर्छ?

कति जनमानसमा कोभिसिल्ड खोप रामवाण नै होला भन्ने भ्रम रहेको पाएको छ । यो खोपले शरीरभित्र रहेको भाइरसलाई मार्ने काम बिल्कुकै गर्दैन ।

कोभिसिल्डले कुनै भाइरस शरीरमा प्रवेश गर्नलाई पनि मेमरीसेललाई सक्रिय गराउछ । हाम्रो शरीरमा कोरोनाविरुद्धको एन्टीबडि तयार गर्छ । यसले शरीरमा छिर्ने भाइरसलाई रोक्न पहिले नै सूसुचित गर्छ । जसले कोरोना भाइरसलाइ छिर्नबाट जोगाउछ । यो खोपको मुख्या काम भनेको भाइरसलाई भित्र शरीरमा छिर्न नदिनु रहेको डा.राजभण्डारील्र बताउनु भयो ।

  • कोभिसिल्ड कतिको सुरक्षित

नेपालमा कोरोनाविरुद्धको पहिलो खोप लगाउनु भएको डा.राजभण्डारीले खोप सुरक्षित रहेको कुरा बताउनु भएको छ । साथै खोप लगाएपछि आफुमा झन नयाँ उर्जा थपिएको अनुभव सुनाउनु भयो ।
“खोप लगाएपछि थप उर्जा आएको छ” उहाँ भन्नुहुन्छ ।
सबैको शरीर फरक फरक हुने हुदा लक्षण पनि फरक फरक नै देखिन्छ । तर,लक्षण देखेको ५/६ घण्टापछि आफै हराउँदै जाने उहाँ बताउँनु भयो ।
डा. राजभण्डारीको अनुसार अहिलेसम्म १० जना मध्य १ जनामा केही लक्षण देखिने हुनाले त्यस्तो आत्तिनु पर्ने अवस्था आउदैन । सामान्य घरमा आराम गर्ने, प्रशस्त मात्रामा पानी खाने, ज्वारो आएमा पारा सिटामोल खाएर केही आराम गरे निको उहाको भनाई छ । त्यसैले सबैलाइ ढुक्कसँग खोप लगाउन आनुरोध गर्नुभयो ।