काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लब फाईनलमा पुगेको छ । आज भएको खेलमा बागमती प्रदेशलाई ९४ रनले हराउदै आर्मी फाईनलमा पुगेको हो ।
प्रधानमन्त्री कपको दोस्रो सेमीफाईनल खेलमा टस हारेर व्याटिङ गरेको आर्मीले ५० ओभर खेल्दै पूरै १० विकेटको क्षतिमा २ सय ३० रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा उत्रेको बागमतीले ४०.२ ओभर खेल्दै १० विकेट गुमाएर १ सय ३५ रन मात्रै बनाउन सक्यो ।
बागमतीको लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रन बनाएको थियो । त्यस्तै विपिन आचार्यले २३, आदिल खानले १० र नन्दन यादवले अभिजित २२ रन बनाएको थियो । बागमतीलाई थोरै रनमा समेट्न जितेन्द्र मुखियाले ४ विकेट सुशन भारी र विक्रम शोबले समान ३,३ विकेट लिएका थिए ।
आर्मीलाई जित दिलाउने क्रममा राजेश पुलामीले अर्धशतकीय पारी खेलेका थिए । उनले ६५ रन बनाएका थिए । भीम सार्कीले ४०, विक्रम शोबले ३५ रन बनाएको थियो । बागमतीका गौतम केसीले ५ विकेट लिए ।
उपाधिका लागि आगामी शनिबार दुई विभागीय टिम एपीएफ र आर्मीबीच हुदै छ । एपीएफले यसअघि नै नेपाल पुलिसलाई हराएर फाईलनमा पुगिसकेको छ ।
प्रतिक्रिया