काठमाडौं । नेपालमा विगतका वर्षहरुमा भन्दा यस वर्ष भ्रष्टाचार बढेको एक प्रतिवेदनले देखाएको छ । बिहीबार ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा भ्रष्टाचार बढेको पाइएको हो ।
ट्रान्सपरेन्सी इन्टरनेशनले गत वर्ष गरेको सर्वेक्षणमा ११३ औं स्थानमा रहेको नेपाल यस वर्ष भने बढेर ११७ औं स्थानमा पुगेको छ । १८० देशमा गरेको सर्वेक्षणमा नेपाल ११७ औं नम्बरमा परेको हो । अर्थात नेपालमा गतवर्ष भन्दा ४ अंकले भ्रष्टाचार बढेको तथ्यांकमा उल्लेख छ । नेपालले कुल १०० अंकमा ३३ अंक पाएको छ ।
त्यस्तै डेनमार्क र न्युजील्याण्ड ८८ अंक प्राप्त गर्दै सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ । अफ्रिकन मुलुकका दुई राष्ट्र साउथ सुडान र सोमालिया १२ अंक पाएर सबैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा परेका छन् ।
प्रतिक्रिया