काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छलफलका लागि बोलाएकोे छ ।
आयोगले दुबै पक्षका अध्यक्षलार्ई छुट्टाछुट्टै पत्र लेखी छलफलका लागि बोलाएको हो । छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी पाँच पाँच जनालाई बोलाएको छ ।
आयोगले ओली र प्रचण्डलाई निर्वाचनसम्बन्धी भोलि (शुक्रबार) बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया