आजबाट आबुधाबीमा टी १० लिग सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व चर्चित टी १० क्रिकेट लिगको चौथो सिजन आजबाट आबुधाबीमा सुरु हुँदैछ ।
आज नेपालका फास्ट बलर सोमपाल कामी आबद्ध मराठा अरेबियन्स र नर्थन वारिवर्सबीचको खेलसँगै प्रतियोगिताको उद्घाटन हुनेछ ।

यो बाहेक आज नै अरु २ खेलहरु पनि हुँदैछ । जसमा नेपालका अर्का फास्ट बलर करण केसी सम्मिलित पुने डेभिल्सले डेकन ग्लाडीयटर्सको सामना गर्दै छ । तेस्रो खेलमा बंगला टाइगर्स र दिल्ली बुल्सबीच प्रतिस्पर्धा हुर्दैछ ।

यसै सिजन टी १० लिगमा नेपालका कीर्तिमानी युवा व्याट्सम्यान कुशल मल्लले पनि सहभागी जनाउदै छ । मल्लले राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले गत सिजन खेलेको टिम आबुधाबीमा सहभागी जनाउन लागेको हो । पारस खड्का यस सिजनमा भने आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन् ।

लिगमा मराठा अरेवियन्स, बंगाल टाईगर्स, दिल्ली बुल्स, पुने डेभिल्स,नर्थ वारिवर्स, कलन्नधर्स र आबुधाबीसहित ८ टिमको सहभागी रहको छ ।