काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा मोरङको विराटनगर महानगरपालिकाले पहिलो जित निकालेको छ ।
बुधबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५(० गोल अन्तरले पराजित गरेको हो । विराटनगरका लागि कुसुम खविडाले ह्याट्रिक गरेकि थिईन्, भने अनु राई र सरिता शेर्पाले एक एक गोल गरिन् ।
कुसुमले खेलको १२, ६९ र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेको हो । यो जितसंगै विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ । यस अघि विराटनगरले पहिलो खेलमा वालिङसँग १(१ गोलको बराबरी खेलेको थियो ।
प्रतिक्रिया