२ सय ८३ मा कोरोना पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ८२ पीसीआर परीक्षण गर्दा थप २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी बुधबार २ सय ४६ जना कोरोना संक्रमित मुक्त भएका छन् । मुक्त भएसँगै हाल घर फर्कनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ ।

बितेको २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ रहेको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ ।