काठमाडौँ : राष्टिय गौरवको आयोजना काठमाडौं तराई मधेस द्रुतमार्गको निमार्ण चालु आर्थिक वर्षमा १८ प्रतिशत हुने भएको छ । आज प्रेस विज्ञप्तिमार्फत आयोजनाको पछिल्लो प्रगति विवरण सार्वजनिक गर्दै नेपाली सेनाले यस वर्ष आयोजनाको कुल कार्यको १६.२ प्रतिशत प्रगति हुने लक्ष्य राखिएको जनाएको छ । द्रूत मार्ग सडक आयोजना निर्माणमा हालसम्म १७ अर्ब ८३ करोड रुपैयाँ खर्च भएको पनि सेनाले उल्लेख गरेको छ।
ललितपुरको खोकनाबाट सुरु भई करिब आठ किलो मिटर काठमाडौँ अधिकांशतः मकवानपुर हुँदै बाराको निजगढमा पुगेर टुंगिने द्रुतमार्गको लम्बाई ७२।५ किलोमिटर रहेको छ।
अन्तर्राष्ट्रिय परामर्शदाता छनोट भई नेपालमा आएर काम सुरु गरेको तथा सुरुङ मार्गको लागि कम्पनिहरु छान्ने प्रक्रिया भइरहेका नेपाली सेनाले जनाएको छ।
यो आर्थिक वर्ष ०८०र८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजनाको कुल बजेट एक खर्ब ७५ अर्ब रुपैयाँ अनुमान गरिएको छ।
आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको नेपाली सेनाले चालू आर्थिक वर्षको समाप्तीमा आयोजनाको १६।२१ प्रतिशत काम सम्पन्न हुने लक्ष्य लिएको छ।
यस द्रुतमार्गमा तीन वटा सुरङ मार्गको लम्बाई ६।४१ किलोमिटर र विभिन्न पुलहरुको लम्बाई १०।५९ किलोमिटर रहेको छ। आयोजना अन्तर्गत ४४।१ किलोमिटर सडक खण्डमा माटो काट्ने र पुर्ने काम ८८ प्रतिशत सम्पन्न भएको पनि नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया