खोप सुरक्षित छ निर्धक्क लगाउँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ : कोरोनाविरुद्धको खोप (कोभिडशिल्ड) लगाउनुभएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक डा.सागरकुमार राजभण्डारीले खोप सुरक्षित रहेकोले निर्धक्क भएर लगाउन सकिने बताउनु भएको छ ।
आजदेखि देशका ६० भन्दा बढी स्थानमा सुरु गरिएको कोभिडशिल्ड खोप लगाउन डा. राजभण्डारी पहिलो नेपाली हुनुहुन्छ । “यो खोप बिल्कुलै सुरक्षित छ र कुनै पनि नकारात्मक असर नपर्ने हुँदा सबै निर्धक्क भएर खोप लगाउन सक्छन्”, कोरोनाविरुद्धको खोप लगाईसकेपछि पत्रकारसँग कुरा गर्दै उहाँले बताउनेु भयो । खोप निकै सुरक्षित र उपयोगि रहेको भनाई पनि उहाँको थियो ।
कोभिसिल्ड खोप विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले बृहत् वैज्ञानिक अनुसन्धानबाट विकास गरेको हो । यो खोप विभिन्न चरणको परीक्षण सफल भएपछि मात्र मानिसमा प्रयोग गर्न अनुमोदन गरिएकाले पनि खोप सुरक्षित रहको भनाई उहाँको थियो ।
खोप लगाउँदा केही हुन्छ भन्ने सर्वसाधारणको आशंका रहे पनि यसको हकमा . त्यसरी त्रसित हुनुपर्ने अवस्था नरहेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोला बताउनुभयो । टेकु अस्पतालमा कोभिसिल्ड खोप लिने दोश्रो व्यक्ति उहाँ भन्नु हुन्छ, “जो मानिसलाई खोप लगाउने बित्तिकै मरिहालिन्छ की भन्ने लाग्छ, उसले हामीलाई हेरेर त्यो डर हटाउनु पर्छ” ।
कोभिडशिल्ड खोपले ६२ देखि ९० प्रतिशतसम्म संक्रमणबाट बाट जोगाउँछ मौसमी रुघाखोकी लाग्दा भने त्यो खोपको प्रभावकारिता ४० देखि ६० प्रतिशतसम्म रहेको र उहाँले थप्नुभयो । त्यसैले सुरक्षाको दृष्टिले खोप लगाउँदा मनमा कुनै पनि खालका शंका, उपशंका नराखि लगाउन उहाँको आग्रह छ । साथै कोरोनाको लडाईसँग नयाँ युग आरम्भ भएको भन्नुभयो ।
यो खोप १८ वर्षभन्दा माथिका उमेर समूहले लगाउन सकिन्छ । यस्तै गर्भवती महिला स्तापान गराईरहेका महिलाले खोप लिनु हुदैँन । रक्तस्राव भएको व्यक्ति र कुनै खोप लगाउदा एलर्जी हुने व्यक्तिले पनि यो खोप लगाउन नहुने डा.बाँस्तोले बताउनु भयो ।

पहिलो खोप लगाउदैमा हामी सुरक्षित हुन्छौं भने हुँदैन । पहिलो खोप लगाउनेले दोस्रो मात्रा पनि लगाउनै पर्ने हुन्छ । यसको दीर्घकालीन असरहरुको बारेमा थप समयपछि मात्र थाहा हुने उहाँको भनाई छ । समग्रमा भन्दा यो खोपले विभिन्न चरण पार गरेर आएकोले सुरक्षित रहेको तर्क उहाँको छ ।