एपीएफद्वारा आर्मी पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय महिला लिग फुटबलमा साविक विजेता एपीएफले आर्मीलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई दुई का विरुद्ध शुन्य गोलको अन्तरले पराजित गरेको हो । एपीएफको यो लगातार तेस्रो जित हो ।

एपीएफका लागि अन्जली कुमारी योन्जन र सरु लिम्बुले एक एक गोल गरेका थिइन् । दुबै गोल पहिलो हाफमा भएको थियो । जित निकालेको एपीएफ ३ खेलमा ९ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।