प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यको तर्फबाट गच्छेअनुसार सहयोग गर्ने आश्वासनदिनु भएको छ ।
पाकिस्तानको माउन्ट केटु जाडोको सिजनमा आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीलाई आज ९मंगलबार० सम्मान गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । ‘यति ठूलो काममा जाँदा सरकारलाई पनि जानकारी गराउनुहोस, धेरै नसकौंला, गच्छेअनुसार सहयोग गर्छ,’ ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले हिमाल आरोहण सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताउनु भएको थियो । ‘आरोहण मुस्किल छ, कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो,’ उहाँले भन्नुभयो ।
आरोहीबाट सबैले प्रेरणा लिन सक्ने भन्दै टिमका सदस्यलाई बधाई ज्ञापन दिँदै आरोहणको क्रममा अत्यन्त सावधानी अपनाउन सुझाव समेत दिनुभएको थियो ।
नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरी आज काठमाडौं फर्किएका छन् ।
प्रतिक्रिया