नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्स बिग बास लिग (बीबीएल) क्रिकेटमा पराजित भएको छ । मेलबर्नस्थित मंगलबार भएको खेलमा होबार्ट मेलबर्न रेनेगेड्ससँग १२ रनले पराजित भएको हो ।
रेनेगेड्सले दिएको १ सय ५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको होबार्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन मात्र बनाउन सक्यो । हारसंगै होबार्ट बीबीएलको प्ले अफमा पुग्न असफल भएको छ । लिगको शीर्ष चार टोलीले प्ले अफमा खेल्न पाउने छन् ।
होबार्टका लागि डाविड मालनले सर्वाधिक ३४ रन जोडे भने डी आर्ची शर्टले २९ रन जोड्दा पिटर हान्ड्सकम्पले १९ रन जोडे । सन्दीप १ रनमा अविजित रहे । होबर्टंलाई थोरै रनमा नै रोक्न ज्याक इभान्स एक्लैले ५ विकेट लिएका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । रेनेगेड्सका लागि बेउ वेब्स्टरले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले भने वाल्टर हार्भेले ४० रन जोडे । साम हार्पेरले १९ रन जोड्दा साउन मार्श र इमाद वासिमले १२र१२ रन जोडेका थिए । होबार्टका रिले मेरेडिथले ३ विकेट लिदा सन्दीप भने सन्दीप विकेट विहिन रहे । उनले ४ ओभरमा ३५ रन खर्चेका थिए । सन्दीपले यस सिजन ८ विकेट लिईसकेका छन् ।
प्रतिक्रिया