केटु चढ्नेहरु काठमाडौं ओर्लिए; भब्य स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

विश्वको दोस्रो सर्वोच्च शिखर माउण्ट केटु को सफल आरोहणपश्चात् १० जनाको नेपाली टोली आज बिहान काठमाडौं आइपुगेको छ ।

के टु आरोही

 

 

विश्व रेकर्ड राख्न सफल मिङ्मा ग्याबु शेर्पा र विश्व रेकर्ड होल्डर निर्मल पूर्जा शेर्पासहितको १० जना आरोही आज बिहान ७:४५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु भएको हो ।

 

सफल पर्वतारोहीलाई विमानस्थलबाट संयुक्त रुपमा स्वागत गरेर मोटरसाइकल र्‍याली गरी तीनकुने, नयाँ बानेश्वर, थापाथली, माइतीघर, भद्रकाली,सुन्धारा, कान्तिपथ हुँदै ठमेल परिक्रमा गरी लैनचौरस्थित नेपाल स्काउटको प्राङ्गणमा लगिने नेपाल पर्वतारोहण संघले जनाएको छ ।

 

 

 

 

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्मान तथा समापन गर्ने कार्यक्रम रहेको छ । उक्त सम्मान कार्यक्रम नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ र पर्यटन क्षेत्रका सबै छाता संघसंस्थाको संयुक्त आयोजनामा गर्न लागिएको हो ।

 

 

निर्मल पूर्जासहितको १० जनाको टोलीले जाडो याममा पाकिस्तानको ८ हजार ६ सय ११ मिटर उचाई भएको उक्त हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान राखेका थिए । सो टोलीले माघ ३ गते शनिबाार साँझ ५ बजेर ४५ मिनेटमा पर्वतको चुचुरो पुग्न सफल भएका थिए। जसमा मिङ्मा जी शेर्पाले अक्सिजनबिना नै आरोहण गरेका थिए ।