प्रधानमन्त्रीद्वारा पशुपतिमा दीप प्रज्ज्वलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्प गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहित धर्मपत्नी राधिका शाक्यले आज (सोमबार) पशुपतिनाथ मन्दिरमा विशेष पूजा र सवा लाख दीप प्रज्ज्वलन गर्नुभएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालका अनुसार बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुग्नु भएका प्रधानमन्त्री ओलीले विधिअनुसार पशुपति मन्दिरको परिक्रमा गरेर विशेष पूजा गर्नुभएको हो

यही अवसरमा प्रधानमन्त्री ओलीले पशुपति क्षेत्रका गतिविधिका बारेमा जानकारी लिई पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशित गर्नुभएको थियो ।