वागमतीको जितको यात्रा कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा वागमती प्रदेशले जितको यात्रा कायम राखेको छ ।
मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश नम्बर २ लाई ६ विकेटले हराउदै जितको यात्रा कायम गरेको हो । प्रदेश २ ले दिएको १८० रनको लक्ष्य वागमतीले ४८.२ ओभरमा ४ विकेटको क्षतिमा गरेको हो । वागमतीको यस वर्षमा यो लगातार तेस्रो जित हो ।

वागमतीका लागि जित दिलाउन पृथु बाँस्कोटाले अर्धशतकीय पारी खेलेको थियो । बाँस्कोटाले ७५ बलमा अविजित रहदै ५३ रन बनाएको हो । उनको यो लगातार दोस्रो अर्धशतक हो ।
त्यस्तै आकाश थापाले ६२ बलमा ३२ रन, बिभत्सु थापाले ९३ बलमा ४७ रन, इशान पाण्डेले ३७ बलमा १५ रन, ज्ञानेन्द्र मल्लले १२ बलमा ७ रन बनाए । प्रदेश २ का हरिशंकर शाहले दुई साथै बिशाल सुस्लिङ र कुमार थापाले एक एक विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर २ ले ४८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । प्रदेश नम्बर २ का लागि विवेक यादवले ६६ रन बनाएको थियो ।
सुधिर चौधरीले ३८ बलमा १५ रन, हरिशंकर शाहले १७ बलमा ६ रन, विशाल सुस्लिङले १८ बलमा ५ रन, सुरज कुर्मीले २९ बलमा १३ रन, राहुल प्रताप सिंहले ६२ बलमा १८ कुमार थापाले ३१ बलमा २२ रन बनाएका थिए ।
प्रदेश नम्बर २ लाई सस्तैमा समेट्नका लागि वागमतीका लागि गौतम केसीले चार, रामनरेश गिरीले दुई साथै नन्दन यादव, तीलक भण्डारी र विपिन आचार्यले एक एक विकेट लिएका थिए ।
जितसँगै बागमतीले ३ खेल खेल्दै ६ अंकसहित तालिकाको शीर्षस्थानमा छ ।