भारत सरकारले अनुदान स्वरुप नेपाललाई दिने भनिएको कोरोनाविरुद्धको खोप नेपाल ल्याइको छ । आज इयर इन्डियाको विमानबाट १० लाख डोज खोप काठमाडौं ल्याइएको हो ।
उक्त खोप नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्नेछ।
खोपलाई विमानस्थलस्थित कार्गो भवनको कोल्ड स्टोरमा राखिनेछ र त्यसपछि टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ ।
स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो।
भारतले नेपाललाई दिएको उक्त खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई दिइने छ ।
प्रतिक्रिया