चन्द समूहका मोरङ जिल्ला इञ्चार्ज पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इञ्चार्ज धनबहादुर विक भन्ने डीबी सिलवाललाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको टोलीले मोरङको बूढीगङ्गा–४ बाट विकलाई पक्राउ गरेको हो । मोरङका उद्योगी व्यवसायीहरुलाई धम्की दिई चन्दा असुली गरेको सूचना पाएपछि प्रहरीले प्रक्राउ गरेको जनाएको छ ।
विकको साथबाट एक थान सेमी अटोमेटिक पेस्तोल र तीन थान गोलीसमेत बरामद गरिएको छ । उनी मोरङ मिक्लाजुङ्ग गाउँपालिका–१ बर्खे बस्ने शिक्षक राजेन्द्र श्रेष्ठको मंसिर २३ गतेको हत्यामा संलग्न रहेको पनि अनुसन्धानबाट खुल्न आएको छ ।