सुनको मूल्य निरन्तर उकालो लाग्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ६ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ७५ रहेको महासंघले जनाएको छ ।