पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ५८ महिला र ८७ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमा १ सय १२ महिला र २ सय ६ पुरुष रहेको छ ।
देशभर कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ भने २ लाख ६२ हजार ६ सय ४२ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । बुधबार मात्रै थप ३ सय ८३ जना डिस्चार्ज भएका छन् ।
यस्तै मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १ सय ६५ जना आइसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म २० लाख २६ हजार ७२६ जनाको आरटी पीसीआर परीक्षण भएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ६ हजार ९३ छ । यस्तै १ सय ७२ जना क्वारेन्टिनमा छन् भने ३ हजार ६ सय ९३ जना आइसोलेसनमा छन् । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ७५ पुगेको छ भने बुधबार थप ६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
प्रतिक्रिया